भगवान शिवको प्रिय महिना साउनमा के गर्ने के नगर्ने ? जानी राखौ !


सूर्यदेव कर्कट राशिमा प्रवेश गरेसँगै श्रावण (साउन) महिना आरम्भ हुन्छ । वर्षा ऋतुअन्तर्गत पर्ने श्रावण महिनामा विशेष रुपमा भगवान भोलेनाथको पूजा आराधना र अर्चना गर्ने गरिन्छबोल बम यात्रादेखि शिव मन्दिरहरुमा दर्शन गर्नेसम्मका कार्यहरु यस महिनामा विशेष रुपमा सम्पन्न हुने गर्दछन् । त्यसैगरी साउनको सोमबार भगवान शिवजीको आराधनामा ब्रत बस्नु अति उपयुक्त मानिन्छ ।

साथै श्रावण महिनाभर सात्विक आहार विहारका साथ व्रत, उपवास बस्ने प्रचलन रही आएको छ ।यस महिनामा मांसजन्य पदार्थ, मदिरा, लसुन, प्याजसहितका “तामसी भोजन” पूर्णतया त्याग गरी संयमित रुपमा पारिवारका सबैले सामुहिक रुपमा व्रत गर्ने प्रचलन विशेष रुपमा रही आएको छ ।

जो आफु संयमित रहन सक्छ उसको भलाई हुन्छ हुन्छ नै अरुको पनि भलाई गर्न सक्दछ ।साथै महिलाहरुले यस महिनामा हरियाे चुरा, हरियाे पाेतेसहित हरियाे नै लुगा लगाउनुका साथै हातमा तिग्रे लगाउने तथा मेहन्दी लगाउने प्रचलन रहेकाे छ ।

लेखक दिवाकर पन्त
त्यसैगरी आफ्ना फुपु तथा दिदी बहिनीहरुलाई मिठा मिठा परिकार पकाएर “साउने टपराे” लैजाने प्रचलन नेपाली समाजमा रहेकाे छ ।श्रावण महिनाको १ गतेलाई ‘साउने संक्रान्ति’ का रुपमा मनाउने र यस दिन साँझ लुतो फाल्ने प्रचलन नेपालको पहाडी भेगमा विद्यमान रहेको पाइन्छ ।

साउनमा के गर्नु राम्रो मानिन्छ ?

साउनमा खिर खानु उत्तम मानिन्छ ।

त्यसैगरी श्रावण महिनामा रुद्रि लगाउनु उत्तम मानिन्छ । त्यसैगरी रुद्रि जुरेको खण्डमा श्रावण महिनाको सोमबार लगाइने रुद्रि अति उत्तम मानिन्छ । रुद्रि जुन पायो त्यहि दिन भने लगाउनु हुँदैन् ।
तसर्थ २०७७ सालको श्रावण महिनामा निम्न दिनहरुमा रुद्रि जुर्दछ :-

१,२, ७, १०, ११, १२, १६, १७, १८, २०, २३, २४, २५, २८, ३१ र ३२ गते शुभ रहेको छ ।

यसमध्ये पनि १२ गते सोमबार रुद्रि पूजाका लागि अति उत्तम रहेको छ ।भगवान भोलेनाथको कृपा हजुर र हजुरको परिवारमाथि सदैव रही रहोस् ।