झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको छ । गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति साढे ९ बजे प्रहरी र भारतीय नागरिकको एक समूहबीच झडप भएको हो । सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुका अनुसार घटनामा सशस्त्र प्रहरी जवान सामान्य घाइते छन् । घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको उनले बताए । शुक्रबार र बिहीबार राति पनि सुनसरीको सीमावर्ती क्षेत्रमा फायर भएको थियो ।
प्रतिक्रिया