बो’क्सीको आ’रोपमा एक महिलालाई गो’बर खुवाई कु’टपि’ट गर्ने धादिङका चार जनालाई उच्च अदालत, पाटनले जनही ३ वर्ष कैद गरी पी’डितलाई आ’रोपित प्रत्येकबाट एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीशहरु टेकनारायण कुँवर र वासुदेव आचार्यको संयुक्त इजलासले आ’रोपित चार जनालाई जनही तीन वर्ष कैद गरी एक लाख रुपियाँका दरले पी’डितलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
यसअघि धादिङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रकाश ढुंगानाको इजलासले आ’रोपित सबैलाई सफाइ दिएको थियो । धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–४ की सेतीमाया लायो मगरलाई २०७५ साल कात्तिक २८ गते चार जना स्थानीयबासी मिलेर बो’क्सीको आ’रोपमा गालामा झा’पड हा’नी मुखमा गो’बर को’चिदिएको आ’रोप लागेको थियो ।
प्रतिक्रिया