Logo

आज सोमबारे औशी, अहिलेसम्मकै शुभ योग बिहानै उठेर यस्ता कार्य गर्नुहोस साउन महिनाको पहिलो सोमबार

आज सोमबारे औशी, अहिलेसम्मकै शुभ योग बिहानै उठेर यस्ता कार्य गर्नुहोस साउन महिनाको पहिलो सोमबार

२०७७ साल साउन महिलाको औशी महासंयोग हो । साउन सोमबार र औशी पर्नु आफैमा महत्वपुर्ण कुरा हो । तसर्थ सोमबारे औशींको दिन यस्ता कार्यहरु गर्नुहोस

१) सोमबारे औशींको दिन हामी कसैसँग नबोलीकन नुहाउनुपर्छ । सुर्य उदाउनु भन्दा अगाडी कोहीसँग नबोली पानीलाई गंगा सम्झेर पुजा गर्नुहोला ।

२) त्यसपछि आफ्नो नित्य कर्महरु गर्नुहोस ।

३) सोमबारको दिन ब्रत बस्नुहुन्छ भने रुद्राक्ष अनिवार्य लगाउँनुहोस

४) पहेलों केशरी अवश्य लगाउँनुहोस ।

५) सोमबार , साउन र औशी परेकोले शिवलाई विशेषरुपमा पुजा गर्नुहोस

६) आफ्नो लक्ष्य मनमा लिएर संकल्प गरेर पुजा गर्नुहोस ।

७) पृतृको लागि महत्वपुर्ण भएकोले उहाँहरुको लागि सेतो तथा पहेलो वस्त्रले पुजा गर्नुहोस

८) पीपलमा जल चढाउनुहोस ।

९) औशीमा जन्मेका व्यक्त्तिहरुले केहि कुराहरु दान गर्नुहोस तपाईलाई पनि राम्रो हुनेछ ।

शिवको महिना साउनमा रुद्री पाठ गर्नु उत्तम, अरु के के गर्नुपर्छ ?

सूर्यदेव कर्कट राशिमा प्रवेश गरेसँगै श्रावण (साउन) महिना आरम्भ हुन्छ । वर्षा ऋतुअन्तर्गत पर्ने श्रावण महिनामा विशेष रुपमा भगवान भोलेनाथको पूजा आराधना र अर्चना गर्ने गरिन्छ ।बोल बम यात्रादेखि शिव मन्दिरहरुमा दर्शन गर्नेसम्मका कार्यहरु यस महिनामा विशेष रुपमा सम्पन्न हुने गर्दछन् । त्यसैगरी साउनको सोमबार भगवान शिवजीको आराधनामा ब्रत बस्नु अति उपयुक्त मानिन्छ ।

साथै श्रावण महिनाभर सात्विक आहार विहारका साथ व्रत, उपवास बस्ने प्रचलन रही आएको छ ।

यस महिनामा मांसजन्य पदार्थ, मदिरा, लसुन, प्याजसहितका “तामसी भोजन” पूर्णतया त्याग गरी संयमित रुपमा पारिवारका सबैले सामुहिक रुपमा व्रत गर्ने प्रचलन विशेष रुपमा रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्