साउन २१ देखि आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको तयारी !


कोरोना भाइरसले विश्वको अर्थतन्त्र थलिदा नेपालको अवस्थामा पनि उही छ । अझ सबैभन्दा ठूलो असर यस्ले पर्यटन क्षेत्रलाई पनि पारेको छ । नेपालले भिजिट नेपाल ट्वान्टी ट्वान्टी जस्तो २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनाको ढोकामा पुगेर फर्कनु परेको पीडामा छ । नेपालले भोग्नु परेको यो क्षति अकल्पनीय छदैछ । तर नेपालको समग्र पर्यटन क्षेत्रलाई उठाउन सरकारले बजेटदेखि मौद्रिक नीतिसम्मका पानाहरुमा मेहनत गरेको छ ।

यसैक्रममा न्यूज २४ टेलिभिजनसंग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले मारमा परेको पर्यटन उद्योगलाई नयाँ ढंगले चलायमान गराउने तयारी सरकारले थालिसकेको बताउनु भएको छ । उहाँले यही क्रममा सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ ।