पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय उडान भदौ १ गतेबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो ।जेठ २६ बाट सरकारले लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई सेवा सुचारू भएको थिएन । पछिल्लो समय विदेशबाट नेपाल फर्किने नागरिकहरूका लागि चार्टर फ्लाइटहरू भने भइरहेको छ ।
अब अन्तराष्ट्रिय अभ्यास र विदेशमा भएका नेपालीहरूलाई आउन दिन पनि हवाई सेवा सुचारू गर्ने निर्णय भएको मन्त्री भट्टराईले बताए त्यसका लागि हवाई उडानसम्बन्धी प्रोटेकल मन्त्रालयले बनाउनेछ ।स्रोतका अनुसार हवाई उडान सुरु गर्नुअघि होटल व्यवसाय पनि सञ्चालन गर्न दिने सरकारको तयारी छ । एक मन्त्रीले भनेका छन्, ‘साउन १५ गतेबाट होटलहरु पनि खुला गर्ने कुराकानी भएको छ ।’
प्रतिक्रिया