लमजुङमा पहिरोले १८ घर पुरिए, गाउँलेले भागेर ज्यान जोगाए !


उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा बुधबार बिहान पहिरो आउँदा १८ घर पुरिएका छन्।पहिरोमा परेर ३ जना घाइते भए पनि अन्य मानवीय क्षति नभएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताए।

‘बिहान मान्छे घरमा थिएनन्, पहिरो आएको देखेपछि धेरैजसो सुरक्षित ठाउँमा भागे,’ गुरूङले सेतोपाटीसँग भने, ‘त्यही भएर मानवीय क्षति भएन।’

उक्त गाउँमा झण्डै ८० घर रहेका छन्। पहिरोका वरिपरि रहेका अन्य घरहरू अहिले जोखिममा रहेका छन्। घटनास्थलमा प्रहरीसहित स्थानीयवासीको टोलीले पहिरो हटाउन थालेको अध्यक्ष गुरूङले बताए। यस्तै, मर्स्याङ्दी गाउँपालिकाकै भुलभुलेमा पहिरोले ३ वटा घर भत्किएका छन्। घनपोखरा गाउँ पनि पहिरोको जोखिममा रहेको गुरूङले बताए।