राजेश हमलालाई पर्यो यति ठुलो बज्रपात: भर्खरै भाइ राकेशको मुत्यु !
माहानायक राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो । कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बतायो ।
राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए । राजेश अहिले काठमाडौंमा नै छन् । राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।