WordPress database error: [Disk full (/tmp/#sql-temptable-19a33-79e5ed8-26597.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wp_postmeta`

दुनियाँको पहिलो जहाज रावणले उडाएको श्रीलंकाको दाबी, प्रमाणित गर्न अनुसन्धान गरिँदै !


भगवान रामको जन्मस्थान अयोध्या नेपालमा पर्छ भनेर प्रधानमन्त्री केपी ओलीले दाबी गरेसँगै राम जन्मभूमिका विषयमा नेपाल र भारतमा गरमागरम बहस चलिरहेको छ । चर्काचर्कीको यो माहोलमा रामायणको अर्को पात्र रावणको जन्मभूमि श्रीलंका समेत थपिएको छ ।

विश्वमा पहिलो पटक राइट दाजुभाइले विमान तयार गरेर उडाएको कुरा हामी सबैलाई थाहा छ । तर श्रीलंकाले चाहिँ विश्वमा सबैभन्दा पहिले विमान उडाउने व्यक्ति रावण भएको दाबी पेस गरेको छ ।

श्रीलंका सरकारले आजभन्दा ५ हजार वर्ष पहिले रावणले पहिलोपटक विमान उडाएको दाबी गरेको हो । यस सम्बन्धमा एक विज्ञापन सूचना जारी गर्दै श्रीलंका सरकारले रावणसँग सम्बन्धित दस्तावेजहरु शेयर गर्न आम सर्वसाधारणमा अपिल गरेको छ ।

श्रीलंकाको पर्यटन तथा उड्ययन मन्त्रालयले उक्त विज्ञापनलाई विभिन्न पत्रिकाहरुमा प्रकाशित गरेको छ । सिंहाली भाषामा छापिएका ती विज्ञापनमा भनिएको छ, ‘हामी रावणसँग सम्बन्धित दाबीहरुका विषयमा गहन अनुसन्धान गर्न चाहन्छौँ र यो प्रमाणित गर्न चाहन्छौँ कि दुनियाँको सबैभन्दा पहिलो विमान रावणले नै उडाएका थियो ।’

स्मरणरहोस् सन् २०१६ मा कोलम्बोमा आयोजित सिभिल एभियसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्वउड्ययन मन्त्री निर्मला सिरिपालाले आधुनिक उड्ययनको इतिहास भलै राइट दाजुभाइबाट सुरु भए पनि रावण एक बहादुर राजा रहेको र उसले दान्दु मोनारा नामको विमान उडाएको दाबी गरेकी थिइन् ।

श्रीलंकाको नागरिक उड्ययन प्राधिकारणका अधिकारीले दुनियाँको पहिलो विमान रावणले नै उडाएको र त्यसलाई प्रमाणित गर्न आफुहरुसँग धेरै तथ्यहरु रहेकाले आगामी पाँच वर्षभित्रमा त्यसलाई प्रमाणित गरिछाड्ने बताएका छन् ।

रामायणमा खलपात्रको रुपमा रहेको रावणलाई श्रीलंकामा निकै श्रद्धा गरिन्छ । श्रीलंकाले आफ्नो पहिलो स्याटेलाइटको नाम समेत रावण-१ राखेको थियो ।

श्रीलंकाली शोधकर्ताहरुले त्यहाँ ५० वटा यस्ता ठाउँहरु पत्ता लगाएको दाबी गरेका छन् जसको सिधा सम्बन्ध रामायणसँग रहेको छ । त्यसमध्ये एउटा गुफा समेत रहेको छ जहाँ रावणको शव राखिएको दाबी गरिएको छ । उक्त गुफा श्रीलंकाको रेगला जंगलमा रहेको छ ।