बृहस्पति तथा चन्द्रमाकाे दृष्टिबाट बन्ने गजकेसरी राजयाेग । कुन लग्नमा शक्तिशाली हुन्छ । जन्म समयमा बृहस्पति तथा चन्द्रमाले एक आपसमा केन्द्रीय सम्बन्ध बनाएको अवस्थामा गजकसरी याेग निर्माण हुने गर्दछ । यस्तो प्रकारकाे याेग विशेषगरी अत्यन्तै दुर्लभ तथा उत्तम याेगमा पर्दछ । संसारका सम्पूर्ण सुख सुविधा प्राप्त गर्ने सक्ने शक्ति उक्त याेगमा जन्मिएका मानिसमा हुने गर्दछ ।
स्वदेश तथा विदेशी भुमिमा सजिलोसँग आफ्नाे उच्च कार्यक्षमता प्रस्तुत गर्ने सक्ने खुबी भएकाले यस्ता याेगमा जन्मिएका मानिस सबैको नजरमा परिरहने हुन्छन् । यस्ता मानिसले आफ्नाे लागि भन्दा पनि अरुकाे लागि गरिदिएकाे कार्य विशेष रुपमा सफल र फलदायी हुने गरेकाे अनुसन्धानका क्रममा उक्त रहस्य पत्ता लागेकाे हाे।
गजकेसरी याेगकाे अर्थ भनेकाे हात्ती समान शुभ लक्षिणता रहने र कसैले थाहाँ नपाउने गरि कार्यमा सफलता मिल्ने र सदैब लक्ष्मीकाे कृपा भैरहने शास्त्रमा उल्लेख गरिएको छ ।
गजकेसरी याेगमा जन्मिएका जातकहरु शत्रुहन्ता,वाकपटु,राजर्सी सुख एवं हरेक गुणले युक्त दीर्घजीवी, कुशाग्रबुद्धि, जेजस्वाी तथा यशस्वी हुने उल्लेख गरिएको छ । ज्याेतिष पितामह महर्षि पाराशरले चन्द्रमाबाट केन्द्रमा बुध तथा शुक्रग्रह बसेकाे अवस्थामा चन्द्रमाकाे दृष्टि भयाेभने पनि उक्त याेग निर्माण हुने उल्लेख गरेका छन् । उक्त याेग राशिमा भन्दा पनि लग्नमा शक्तिशाली हुने विभिन्न ग्रन्थमा बताइएको छ । यसका लागि चिना बनाएर देखाएका मात्रै थाहाँ हुने उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया