भारतीय सीमा नजिक पाकिस्तानले तैनाथ गर्यो जे एफ १७ लडाकु विमान


चीन र भारतबीच लद्धाख तनाव पूर्ण रुपले साम्य भईनसकेको अवस्थामा र भारतले रुस, अमेरीका, फ्रान्सबाट अत्याधुनिक लडाकु विमान खरीद धमाधम गर्न थालेका बेला पाकिस्तानले पनि लद्धाख नजिकको स्कुर्द सैन्य हवाई अड्डामा अत्याधुनिक लडाकु विमान जे एफ १७ तैनाथ गरेको छ । आज गिलगिट बातिस्तानमा रहेको सो एयरबेसको अवलोकन गर्दै अप्रेसनको तयारी र अवस्थाको बारेमा हवाई सेना प्रमुख

मार्सल मुजाहिद अनवर खानले जानकारी लिएका छन् । यस हवाई अड्डाबाट पाकिस्तानी वायुसेना केवल ५ मिनेटमा भारतीय क्षेत्रमा प्रवेश गर्न सक्छ । यो भारतले लद्धाख नजिक युद्धका लागि तयारी गरेको लेह सैन्य हवाई अड्डा भन्दा केवल २ सय किलो मिटर नजिक रहेको छ ।
स्कुर्दमा पाकिस्तानी सेनाले भूमिगत रिफ्युल स्टेसन पनि बनाएको पिटिभीले जनाएको छ । जे एफ १७ चीन र पाकिस्तानले सयुक्त रुपमा

उत्पादन गरेको अत्याधुनिक लडाकु विमान हो । भारतले सीमा क्षेत्रमा हतियार र सेना तथा हवाई अखडालाई तम्तयार अवस्थामा राखेको छ ।चीनीया सेना र भारतीय सेनाबीच जुन १५ मा हतियार बिहीन तर रक्तपातपूर्ण झडप पछि भारतले सीमामा उच्च तैनाथी गरेको हो ।यद्यपि, पटक पटकको वार्ता पछि दुबै देशले आफ्ना सेनाहरु केही पछि हटाउन शुरु गरेका छन् ।पाकिस्तानसगँ भने भारतको कास्मीर मामलामा विवाद रहदै आएको छ ।