भक्तपुरको कमलपोखरीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ।मंगलबार बिहान साढे ११ बजेको कमलपोखरीमा पौडी खेल्ने क्रममा डुबेर चाँगुनारायण नगरपालिका-९ सौडौल बस्ने ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको हो।
प्रहरीले ती व्यक्ति आफूले लगाएको लुगा किनारामा छाडेर पौडी खेल्न गएको र पछि बेपत्ता भएको भन्ने खबर पाएको थियो।
पौडी खेल्दै गर्दा दुई पटक निस्किए पनि तेस्रोपटकमा भने बेपत्ता भएका थिए।
उनी डुबेको खबर पाएसँगै उद्धार गर्न महानगरीय प्रहरी वृत्त, जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट संयुक्त टोली खटिएको थियो। घटनास्थलबाट उनको उद्धार गरी भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।
प्रतिक्रिया