क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने तयारीमा रहेका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आफूमा कोरोना संक्रमण भएको वा नभएको जाँच्न नमुना दिएका छन् ।
सन्दीपले मंगलबार ललितपुर सानेपाको स्टार हस्पिटलमा स्वाब दिएका उनका व्यवस्थापक रमन शिवाकोटीले बताए । उनको रिपोर्ट बुधबारसम्म आउनेछ ।
अगष्ट १९ देखि ट्रिनिडाड एण्ड टोबागोमा हुने सीपीएल २०२० मा सन्दीपले जमाइका तल्लावाहजबाट खेल्नेछन् । सीपीएल खेल्नुअघि दुई साता क्वारेन्टिनमा बस्नुपर्नेछ ।
नेपालबाट नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएकाले सन्दीप कहिले त्यसतर्फ प्रस्थान गर्छन् भन्ने खुलेको छैन । मंगलबार बेलुकासम्म फ्लाइटबारे निर्णय हुने सन्दीपका व्यवस्थापक शिवाकोटीले बताए ।
सीपीएल खेल्न जानुअघि खेलाडीले आफ्नै देशमा कोरोना परीक्षण गरेर संक्रमण नभएको प्रमाण लिएर जानुपर्ने प्रावधान छ ।
प्रतिक्रिया