काठमाडौंको कपन, आकाशे धारामा सोमबार बेलुकी ६ बजे खेल्न गएका बच्चाहरुले बिस्कुटको कार्टुनमा राखेर फालेको अवस्थामा यि नानीलाई रोईरहेको अवस्थामा देखे ।
बच्चाहरुले खबर गरेपछि ‘केयर बाल गृह’की संचालिका पुष्पा अधिकारीले आफु त्यहाँ पुगेको बताईन् । नानीलाई भेटेपछि सँस्थामा ल्याएर पुष्पाले रेखदेख गरिरहेकी छिन् । नानीको बारेमा थाहा पाएपछि हामी पनि सहयोग गर्न पुग्यौं र केहि आर्थिक सहयोग गर्यौं ।
भोली नानीको स्वास्थ्य जाँच गर्न लैजाने अधिकारीले बताईन् ।यसैबिच शिशिर भण्डारी उत्त नानीलाई राखेको सँस्थामा पुगे र आफुले सक्दो सहयोग गर्दै सहयोगका लागि अपिल पनि गरे । शिशिरले घटनाको बारेमा वास्तविकता बुझ्दा यस्ता कुराहरु बाहिर आए ।
प्रतिक्रिया