नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ ।
बढ्यो कुवेत र बहराइन दिनारसहित अन्य देशको भाउ, हेर्नुहोस् आजको विनिमयदर
काठमाडौँ – सोमबार यूरोपियन यूरो र यूके पाउण्डसहित केही देशको भाउ बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ६३ पैसा तोकिएको छ ।
त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १८ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३५ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ ३१ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ २५ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३२ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १२ तोकिएको छ । त्यस्तै आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ। एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २७ पैसा तोकिएको छ ।
प्रतिक्रिया