कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार थप ४ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेत, दैलेख, जुम्ला र मुगुका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९६० पुगेको छ ।
यस्तै, कर्णालीमा बिहीबार थप ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४६ जना आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया