उपत्यकामा के-के सेवा बन्द भए ? थाहा पाई राख्नुहोस



उपत्यकाका तिनवटै जिल्ला प्रशासनले आगामी १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन्। कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप कडाइ गरिन लागिएको हो।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलले मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको हो।काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना मार्फत बन्द भएका सेवाबारे जानकारी दिएको छ। उपत्यकाका तिनवटै जिल्ला प्रशासनले संक्रमण बढी देखिएका स्थानमा सिल गर्ने नीति समेत लिएका छन्।

काठमाडौं उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेपछि जनस्वास्थ्य विज्ञहरूले भने केही साताको लागि लकडाउन गर्न र आवश्यक परे कर्फ्यू समेत लगाउन सुझाव दिएका छन्।