दुखद खबर : कोरोना संक्रमणबाट काठमाडौंमा थप एकको मृत्यु


 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।