प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको हत्यामा संलग्नको आरोमा पक्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ। साउन २५ गते काठमाडौंको टोखा नगरपालिका-१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र एक झोलामा टाउको र खुट्टा फेला पारेको थियो।
शव पह्चिानपछि अनुसन्घानका क्रममा हत्यामा संलग्नको आशंकामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई सोमबार पक्राउ गरी काठमाडौं ल्याएको थियो ।
प्रहरीले मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा गरेको पत्रकार सम्मलनमार्फत हत्यामा संलग्न मुडभरीलाई सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त अनुसन्धानबाट हालम्म निम्न तथ्यहरु फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मृतक
कृष्णा बहादुर बोहारा, वर्ष ४५
ठेगाना: रोल्पा रम्तीगढी-७ सतिम,
पक्राउ
कल्पना मुडभरी (पौडेल), ३७ वर्ष
वतन:- जि.चितवन कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखानगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने ।
शै.यो. :- सा.ले.पा.
पेशा :- गृहिणी/अभिनय (केही टेलिशृंखलामा)
पक्राउ मिति : २०७७।०४।२६ गते ।
पक्राउ स्थान : जि. चितवन कालिका न.पा. वडा नं. ९ शक्तिखोर स्थित माइती ।
र निजकी छोरी वर्ष १५ की
अनुसन्धानबाट खुलेका तथ्यहरू
– मृतक र अभियुक्तबीच करिब ३/४ वर्ष देखि फेसबुकमार्फत चिनाजानी भई सम्पर्कमा रहेको।
– मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको।
– मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफू अनुकूल चल्नको लागि दबाब दिने गरेको।
– मृतक घटनाको दिन आफू बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको।
– मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको।
-अभियुक्तले दहीमा ५ वटा निन्द्राको औषधी (sleeping tablet-Triad 10 mg) मिसाई खान दिएको।
– उक्त खानेकुरा खाएपछि मृतक लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको।
– तत्पश्चात मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकीन गरेको।
– धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामाराखी आफैले फालेको।
– शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको।
– मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाडौं आई फर्कन लागेको चिनजानको एम्बुलेन्स ड्राइभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवनतर्फ गएको।
– अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव व्यवस्थापनमा संलग्न रहेको खुल्न आएको
(भिडियो सहित)….














प्रतिक्रिया