होसियार : सार्वजनिक यातायातबाट घर-घरमा पुग्नसक्छ कोरोना भाईरस !


हरिवंश आचार्यले सार्वजनिक बसलाई बिम्ब बनाएर मुलुकको हालत चित्रण गरेका थिए । तर, अहिले सार्वजनिक यातायातकै दूरावस्था र जोखिमलाई दर्शाउन पनि यी हरफहरु उपयुक्त छन् । किनभने यतिबेला पृथ्वीमा नै कोरोना भाइरस फैलिएको छ । हाम्रो जस्तो कमजोर स्वास्थ्य सेवा र पद्धती भएको मुलुकमा यसको फैलावट अरु भयानक हुने छाँट छ । यस्तो पृष्टभूमीमा सार्वजनिक यातायातले कोरोना भाइरस फैलाउने जोखिम अरु बढी देखिएको छ ।

सर्वसाधरणको दैनिकी असहज बन्दै गएपछि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न छुट दिएको छ । तर, यसमा केही सर्तहरु पालना गर्नुपर्ने उल्लेख थियो । जस्तो कि, एक–अर्का यात्रुबीच पर्याप्त भौतिक दूरी हुनुपर्ने । मास्क अनिवार्य प्रयोग गर्नुपर्ने । गाडी चढ्दा सेनिटाइजर लगाउनुपर्ने । अर्थात पूर्णत सुरक्षित विधी अपनाएर मात्र सार्वजनिक यातायात चलाउनु पाइने व्यवस्था गरिएको थियो ।

गाडीका सबै सिटमा यात्रु राख्न नपाउने, जथाभावी यात्रु कोच्न नपाउने जस्ता सर्तहरुमा सहमति भएपछि सार्वजनक यातायात चलाउन छुट दिइएको थियो । यसका लागि यात्रुबाट चलनचल्तीको भन्दा पचास प्रतिशत भाडा असुल्ने निर्णय गरियो । अहिले अन्य बेला भन्दा पचास प्रतिशत मात्र होइन, दोब्बर भाडा तिरेर नै सर्वसाधरण सार्वजनिक यातायातमा यात्रा गरिरहेका छन् । तर, के यात्रुहरु सुरक्षित छन् ?

यस्तो छ स्थिति

–दोब्बर भाडा असुलेर पनि सार्वजनिक यातायातले यात्रुको लागि पर्याप्त सिट उपलब्ध गराएको छैन ।

–भेटेजति यात्रु कोचेका छन् । गाडीभित्र भिडभाड, ठेलमठेल छ । गाडीभित्र भौतिक दुरी कायम गरिएको छैन ।

–मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाका विधीहरु बेवास्ता गरिएको छ ।

–चालक-सहचालकले सामान्य मास्क प्रयोग गर्नेबाहेक सुरक्षाका विधी अपनाएका छैनन् ।