नेपालमा मंगलबार ठूलो संख्यामा कोरोना संक्रमित फेला परेकामा काठमाडौँ उपत्यकामा मात्रै १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा मात्रै १ सय १० ललितपुर जिल्लाबाट १४ र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा जानकारी दिएका हुन् ।
त्यस्तै नेपालमा देशभर आज ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा जानकारी दिएका हुन् ।
यसैबिच पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा अहिलेसम्म १६ हजार ६ सय ६४ जनाले कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।














प्रतिक्रिया