गोंगबु हत्या काण्ड : फेसबुकमा नांगाे फोटो सार्वजनिक गरेपछि हत्या गरेको महिलाको बयान !


केही दिनअघि सुटकेशमा शव फेला परेका पुरूषकाे हत्यामा पक्राउ परेकी कल्पना मुडभरीले अभियाेग स्वीकार गरेकी छन् । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोरासँग ती महिलाकाे अन्तरंग सम्बन्ध रहेकाे र पछि बाेहराले नक्कली फेसबुक आईडी बनाएर महिलाकाे नांगाे फाेटाे सार्वजनिक गर्न थालेपछि हत्या गरेकाे उनले स्वीकार गरेकी छन् ।

प्रहरीसँगकाे बयानका क्रममा ३७ वर्षीया मुडभरीले अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको बताएकी छन् ।प्रहरीका अनुसार मुडभरीले बाेहराकाे अण्डकाेषमा हिर्काएर हत्या गरेकाे र सुटकेशभित्र राख्न शवलाइ टुक्रा टुक्रा पारेकाे बताएकी हुन् । हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् ।

जिउ सुटकेसमा र खुुट्टा तथा टाउको जेब्रा झोलामा राखेर अलग-अलग स्थानमा फाल्न उनले १५ वर्षीया छोरीको सहयोग लिएको बताएकी छन्। घटनापछि उनी एम्बुलेन्समा भागेर चितवन पुगेकी थिइन् । यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । हत्यामा संलग्न मुडभरी र उनकी छाेरीलाइ प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । मुडभरीलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हाे ।