विश्वमा नै पहिलो पटक रुसले बनाएको कोरोनाको खोपको तस्विर बाहिरियो हेर्नुहोस


रुसले आज सार्वजनिक गर्ने भनेको कोरोनाविरुद्धको खोपको तस्विर सार्वजनिक भएको छ । रुसका रास्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो देशले खोप तयार गरेको दाबी गर्दै आज बुधबार उक्त खोप सार्वजनिक गर्ने र आज नै दर्ता गर्ने जनाउ दिएका थिए । खोपलाई स्वीकृति दिँदै कोरोनाविरुद्धको खोप विकास गर्ने रुस विश्वमा नै पहिलो देश बनेको उनले दाबी गरेका छन् ।

जसको नाम ’स्पुतिनिक भी’ नामाकरण गरिएको छ । जुन खोपको पहिलो डोज राष्ट्रपति भ्लादिमीर पुटिनकी छोरीलाई लगाइएको उनले मंगलबार नै बताएका थिए । खोप प्रयोग गरेकी उनकी छोरीमा सकारात्मक प्रतिक्रिया देखिएको उनले दाबी गरेका छन् ।