मकवानपुरमा १० प्रहरी सहित ३७ जनामा कोरोना संक्रमण पुष्टि !


मकवानपुरमा १० जना प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका हुन्।
कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ का ७ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर का १ जना, वडा नम्बर १३ का १ जना गरी १८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताए।

त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ जनामा संक्रमण देखिएको हो। नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको चौलागाईंले बताए ।