Logo

मिलापत्रपछि टुंगियो प्रकाश-पूजा विवाद

केही समय अगाडि संचारकर्मी प्रकाश सुवेदीले आफ्नो कार्यक्रममा नायिका पूजा शर्मालाई इंकित गर्दै ‘दाह्रा निस्किएको हिरोइन’ बोलेका थिए ।

राष्ट्रिय टेलिभिजनको एक कार्यक्रममा आफ्नो मानहानी गरेको भन्दै पूजाले त्यसको खण्डन गरेकी थिइन् । धेरै अभिनेत्रीहरुले सुवेदीको चर्को विरोध गरेका थिए ।

पूजाले पनि कलाकार संघदेखि एपिवान टिभीसम्मलाई उजुरी दिएकी थिइन् ।

सोही उजुरी उपर एपीवान टेलिभिजनका रामेश्वर थापा, कलाकार संघ नेपालका अध्यक्ष रवीन्द्र खड्का लगायतले पूजा र प्रकाशको विवाद सुल्झाएका हुन् । बिहिबार पूजा र प्रकाशबीच मिलापत्र भएको छ ।

मिलापत्रमा अब एक-अर्कालाई आरोप-प्रत्यारोप नगर्ने तथा पूजाले दिएका सम्पूर्ण उजुरीहरु फिर्ता गर्ने सहमति भएको छ । उनीहरुको मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका कार्यबाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् ।

विवाद चर्किर्दै गएपछि सुवेदी आम माफी पनि मागिसकेका थिए । तर, पूजाले सुवेदीले मागेको माफी चित्त बुझ्दो नभएको भन्दै उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्