हिन्दू नारीहरूको महान चाड हरितालिका तीज । परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ । तीजको दिन महिलाहरु निराहार व्रत बस्ने गर्दछन् ।
अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिन अगावैदेखि शहर बजारमा चहलपहल हुन्थ्यो । तर, यसपटक कोरोनाको त्रासले तीजको खासै रौनक देखिएन । समुहमा भेला भएर मनाइने यो पर्व निषेधाज्ञाका कारण घर वा कोठाभित्र खुम्चिएर मनाउनु पर्ने बाध्यता भयो । नेपाली चलचित्रका विवाहित वा अविवाहित अभिनेत्रीहरु पनि यसपाली कोरोनाका कारण घरभित्रै बसेर तीज मनाए ।
यसपटक खुलेर तीज रमाउन नपाइने भए पनि केही दिनयता अभिनेत्रीहरुले रातो रंगको साडी लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट्याउँदै तीजलाई स्वागत गरेका छन् । अभिनेत्री श्वेता खड्काले इन्स्टाग्राममा रातो साडी लगाएर खिचेका केही तस्विर शेयर गर्दै आफूलाई तीजले छोएको संकेत गरेकी छन् ।
प्रतिक्रिया