विश्वभर एकैदिन २ लाख ६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ लाख ६ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या २ करोड ३५ लाख ८१ हजार ६१३ पुगेको छ ।
यस्तै एकै दिन थप ४ हजार २३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १२ हजार ४०७ पुगेको छ ।
संक्रमितमध्ये १ करोड ६० लाख ७८ हजार ७३५ जना संक्रमण मुक्त भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ३०४ जनाको मृत्यु भएको छ । ३३ लाख ५४ हजार ७४१ जना संक्रमित भएकोमा १९ लाख ८५ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५९ हजार ४३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख ४३ हजार ४७९ पुगेको छ । त्यसमध्ये ३८ लाख ८६ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ३० हजार २४२ जनाको मृत्यु भएको छ । ६२ लाख ९८ हजार ३१४ जना संक्रमित भएकोमा ४९ लाख ८० हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८९ हजार ४७ जनाको मृत्यु भएको छ । ५७ लाख ६४ हजार ७०८ जना संक्रमित भएकोमा ४२ लाख ९४ हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २७ हजार ८३१ जनाको ज्यान गएको छ भने ११ लाख ९२ हजार ४१४ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५२९ जनाको मृत्यु भएको छ । २७ हजार २३६ जना संक्रमित भएकोमा २१ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया