दुखद खबर : चट्याङ लागेर जुम्लामा मरे पाँच सय बढी भेडा


जुम्लाको पातरासी गाउँपालिका वडा नम्बर ४ पट्यौकामा चट्याङ लागेर पाँच सय भन्दा बढी भेडा मरेका छन्। सोमबार दिउँसो ३ बजेतिर परेको चट्याङमा परी वनमा चराउन लगेका ५ सय ३१ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।

स्थानीय ११ जना किसानले पालेका भेडा चट्याङमा परी एकै ठाउँ मरेको धामीले जानकारी दिए। घटनास्थल प्रहरी चौकी पाटनदेखि ५ घण्टा उत्तरपूर्व पर्छ। चराउन लगेका किसानहरु भने सुरक्षित रहेको धामीले जानकारी दिए ।