
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको २ महिना भन्दा बढी भइसकेको छ । उनका बारेमा दिनानुदिन नयाँ नयाँ रहस्यहरु बाहिर आइरहेको छन् । उनको निधनको निष्पक्ष छानविन गरियोस् भनेर उनको परिवार र फ्यानको मागलाई सम्बोधन गर्दै अदालतले सीबीआईलाई जिम्मा दिएको छ ।
सीबीआईको विशेष अनुसन्धान टिम (एसआईटी) मुम्बई पुगेको छ ।
यसका साथै, सुशान्तको निधन प्रकरणमा रिया चक्रवर्ती र फिल्म निर्माता महेश भट्ट पनि निकै चर्चामा आएका छन् । उनीहरुको ह्वाट्सएममा भएको कुराकानी पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरुबीच २०१८ मा मजबुत सम्बन्ध थियो । यसै वर्ष रियाले महेश भट्ट उनको जीवनमा निकै महत्त्व राख्ने बताएकी थिइन् ।
रिया चक्रवर्तीले महेश भट्टसँगको सम्बन्धको बारेमा धेरै पटक खुलासा गरेकी छिन् । सन् २०१९ मा महेश भट्टको ७० औं जन्मदिनमा गोप्य तस्बिर शेयर गरेकी थिइन् । उनले तस्बिरमा लेखेकी थिइन्, ‘मेरो बृद्धा जन्मदिनको शुभकामना । सर, तपाईँले मलाई मायाले सम्हाल्नुभयो । तपाईंले मलाई माया दिनुभयो । तपाईंले मलाई उड्नलाई पखेटा दिनुभयो ।’ उनी यो पोष्ट्पछि ट्रोलको शिकार भएकी थिइन् ।














प्रतिक्रिया