Logo

को हुन् किरणकुमार भुजेल ?: गाउँमा भैंसी चराउन जाँदा होस् या धान रोप्न खेत पस्दा होस् उनले गीत गाउने

किरणकुमार भुजेल

महोत्तरी बर्दिबासका हुन्, किरणकुमार भुजेल । उनी वाइल्ड कार्ड इन्ट्रीमार्फत नेपाल आइडलमा पुनः भित्रिएका हुन् । पुनरागमसँगै उनले कार्यक्रममा तहल्का पिटिरहेका छन् । उनले सबै कार्यक्रममा दमदार प्रस्तुति दिएका छन् । उनी केही वर्षदेखि नेपाली संगीतमा संघर्ष गरिरहेका थिए । सामान्य किसान परिवारमा हुर्किएका किरणलाई संगीत सिक्ने रहरले संघर्ष र अभावको बाटोमा लामै हिँडएको छ । नेपाल आइडल आउनुअघि नै उनले केही गीत सार्वजनिक गरिसकेका थिए । कुशल गायक बन्ने सपनाले उनलाई अभावको बाटो पार गर्न हौसला दियो ।

गाउँमा भैंसी चराउन जाँदा होस् या धान रोप्न खेत पस्दा होस् उनले दाजु सुमनसँगै गीत गाउने अभ्यास गर्थे । इन्डियन च्यानलमा आउने सांगीतिक रियालिटी सो हेरेर उनले नेपालमा पनि यस्तै स्टेज होस् भन्ने कल्पना गर्थे । आज उनको त्यो सपाना नेपाल आइडलले साकार पारिदिएको छ ।

नेपाल आइडललाई सुरुआतदेखि नै पछ्याएका भुजेल पहिलो सिजनमा थिएटर राउन्डसम्म पुगेर बाहिरिएका थिए । पिठ्यूँमा स्याउलाको भारी बोलको कर्णप्रिय गीत गाउँदै सिजन— ३ को अडिसनमा छनोट भएका थिए उनी ।

उनीभित्रको गायन क्षमताले उडानको सपना देखिरहेको थियो । उनी संगीत सिक्न काठमाडौंको ललितकलामा भर्ना भए । अनि मात्रै सुरु भयो उनको सांगीतिक संघर्ष । उनका जिवनमा आएका धेरै बाध्यातालाई पछाडी छाडेर उनि अगाडी बढ्दै छन् । सामान्य किसान परिवारमा हुर्किएका किरणलाई संगीत सिक्ने रहरले संघर्ष र अभावको बाटोमा लामै हिँडएका किरणलाई आजको दिनको पर्खाईमा थिए । आज तपाईहरुको हातमा छ ।

प्रतिक्रिया दिनुहोस्