स्त्री तथा प्रसुति रोगका वरिष्ठ विशेषज्ञ डा. भोला रिजाल दम्पत्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ह्याम्स अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् । डा. रिजालले आफूहरु दुबैजना कोरोना संक्रमित भएपनि थोरै पनि भयभित नभएको बताएका छन् ।
बुधबार आफ्नो फेसबुक अकाउन्टमा भोला रिजालले श्रीमतीसँगको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘हामी दुबै आज कोरोना संक्रमित भएका छौं तर थोरै पनि भयभित छैनौं । हामीलाई मात्र होइन, सबैले अरुलाई पनि हौसला दिऔं । संक्रमितहरुको मनोबलका साथै स्वास्थ्यकर्मी जो आफ्नो जीवन राष्ट्रको लागि समर्पण गरिरहेका छन्, सबैलाई सलाम छ ।’

यसका साथै उनले उक्त पोस्टमा स्वास्थ्यकर्मी हुनुको जोखिम बारे पनि बताएका छन् । उनले लेखेका छन्, ‘म एउटा स्वास्थ्यकर्मी । हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र ? हामी आफूमात्रै होइन हामीबाट हाम्रो परिवारसमेत उत्तिकै जोखिममा रहन्छन् । ’उनले आफूहरुलाई आशिर्वाद, स्वास्थ्य लाभको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् ।














प्रतिक्रिया