भारत र चिनको विभादित सिमा क्षेत्र लद्दाखमा फेरी दूइ देशका सैनिकबिच झडप भएको छ ।भारतीय सेनाका अनुसार चिनियाँ जनमुक्ति सेनाले दुइ दिन अघि रातको समय पारेर लद्दाखको पूर्वी भागमा पर्ने प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको हो ।आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका कर्नेल आमन आनन्दले भनेका छन्,’अगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेनाले पहिलाको सहमति अनुसारको यथास्थितिलाई परिवर्तन गर्न सैन्य उक्साहट गरेको थियो। जसलाई भारतीय सेनाले रोकेको छ।’
उनले चिनियाँ पक्षले उक्त क्षेत्रमा एकपक्षीय रूपमा तथ्यहरू परिवर्तन गर्न खोजेको पनि आरोप लगाएका छन्। गत जुनमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।चिनीया सेनामा भएको क्षति आधिकारिक रुपमा सार्वाजानिक भएको छनै ।

उक्त घटनापछि दुई आणवीक शक्ति राष्ट्रहरूले विवादलाई थप अघि नबढाउन के गर्छन् भन्ने विश्वव्यापी चासो बनेको थियो। चीन र भारत दुबैले अहिले सैनिक र कूटनीतिक माध्यमबाट विवाद समाधानका लागि वार्ता गरिरहेका छन्। यही बीचमा शनिबार र आइतबार रातिका झडप भएका हुन्।
पछिल्ला दिनमा पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको उनीहरूको भारतीय मिडीयाहरुको दाबि रहेको छ । चीन र भारतबीच ४ हजार किलोमिटरभन्दा बढी सीमा जोडिएको छ। तीमध्ये कतिपय ठाउँमा अहिले पनि सीमा एकिन भएको छैन। लाइन अफ कन्ट्रोल कुन हो भन्ने एकिन नहुँदा सीमामा तैनाथ दुबै देशका सेनाहरूबीच धकेलाधकेल भइरहन्छ।
हतियाररहित सेनाकाबिच झडप हुने भएकाले पछिल्लो समय सीमामा खटिने दुबै देशका सैनिकहरूबिच विवादमा भएपनि गोली हानाहान भने नहुने बताइएको छ । पछिल्लो समय सिमा विभादित क्षेत्र लद्दाख आसपास दुवै देशले आ-आफ्ना सैनिक हतियार, स्रोतसाधन र शक्ति स्थापना गरेका छन् ।














प्रतिक्रिया