आशिष र रेश्माको स्वरमा ‘पानी बादलु’
गायक आशिष सचिन नेपाली गीत-संगीतको क्षेत्रमा नयाँ नाम होइन । आशिषको स्वर रहेको गीतहरुले युट्युबमा करोडौ दर्शक पाइसकेका छन् । आशिषको पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी-पछ्यैरी लगायत गीतहरुले दर्शक-श्रोताको मन जितिसकेका छन् ।
यस्तैमा, मंगलबार आशिष सचिनको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पानी बादलु’ बोलको गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छिन् । डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत दीपक शर्माले तयार गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिन आफैँ फिचर भएका छन् । उनीसँगै भिडियोमा एलिशा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ । भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय रहेको छ ।
गम्भिर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका छन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन् ।
गायक सचिन आफू यस गीतबाट निकै आशावादी रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म मलाई दर्शक/श्रोताले निकै माया दिनुभएको छ । उहाँहरुकै लागि भनेर केही फरक शैलीको गीत तयार गरेका छौँ । अडियो तथा भिडियो दुबै पक्षबाट राम्रो बनेको छ । त्यसैले दर्शक/श्रोताको साथ पाउनेमा ढुक्क छु ।’