Logo

द भ्वाइसका ट्याक्सी चालक कर्ण राज गिरीको आमा यति बेला मूत्युसंग अस्पतालको आइ.सी.यु.मा लड्दै….(हेर्नुहोस् भिडियो)

काठमाडौं – संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता “द भ्वाइस अफ नेपाल” प्रसारण भए संगै नेपाली टेलिभिजनको इतिहासमा सबैभन्दा धेरै हेरिने फ्रेन्साइज शो बनेको छ । कार्यक्रम युट्युबमा अपलोड गरेको २४ घण्टा नपुग्दै बीस लाख भन्दा बढी पटक हेरिएको छ । अहिले यो कार्यक्रमको प्रत्येक भाग यूट्यूब ट्रेन्डिङ नम्बर १ को स्थान ओगटेको छ । विश्वका १९२ भन्दा बढी देशमा सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि सबैको मन जितेको र सफल भएको निर्देशक लक्ष्मण पौडेल बताए । “द भ्वाइस अफ नेपाल” सिजन–३’को शुक्रबार प्रसारण भएको ट्याक्सी चालक कर्ण राज गिरीको संघर्षको कथाले ‘द भ्वाईस अफ नेपाल’का चारै जना कोचहरु रोएका थिए भने सबै दर्शकको आँखा रसाएको थियो । सर्लाहीबाट काठमाडौ आएर आफ्नो कर्म थलो बनाएर संघर्ष गरिरहेका कर्ण राज गिरी ट्याक्सी चलाएर आफ्नो जीवनयापन गर्दै आएको छन् ।

पेशाले ट्याक्सी चालक भए पनि गायक गिरी निरन्तर सांगीतिक क्षेत्रमा लागी परेका छन । रियालिटी शोमा आफनो दमदार स्वरले ३ जना कोच को कुर्शी घुमाउन सफल भएका गिरीको आमा यति बेला मूत्युसंग अस्पतालको आइ.सी.यु.मा लडिरहेकी छिन् । गिरीले अस्पतालको बेडमा जन्मदिने आमालाई राखेर मन बाधेर अडिसन दिन पुगेका थिए। गायक कर्णको हिम्मत र संगीत प्रतिको लगाभ देख्दा सबैले उनको तारिफ गरेका थिए । कोच प्रमोद खरेलको स्वरमा रहेको गीत “म बाचेकै तिम्रै लागि हो” बोलको गीत गएका थिए । आफ्नो गीत आफुले भन्दा धेरै राम्रो गएको भन्दै तारिफ गरेका थिए भने कोच दीपले प्रोमोद खरेलले भन्दा राम्रो गाएको बताए । यति खेर गिरिको समर्थनमा सामाजिक संजाल नै तातिएको छ । उनको गाएकि र आमाको स्वास्थ्य अवस्था बारे धेरैले चासो व्यक्त गरेका छन। उनै गायक कर्णराज गिरीले अनलाईन टिभी नेपालसंगको कुराकानीमा भने: त्यत्रो ठुलो स्टेजमा गीत गाउनु नै आफु भाग्यमानी रहेको र कोचहरुको कमेन्टले थप हौसला बढेको साथै आफुलाई सारा नेपालीको माया खाचो रहेको बताए।

प्रतिक्रिया दिनुहोस्