गण्डकी प्रदेश सभाको मंगलबारको बैठक नेकपा एमालेकै सांसदले अवरुद्ध गरेका छन्। प्रदेश सभा सदस्यहरुको पिसिआर परीक्षण नगरी बैठक सञ्चालन गरिएको भन्दै एमालेले विरोध जनाएको हो।
अवरोधपछि प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ। बैठकको सुरुमै बोलेका एमाले सांसद्ले आधाजसो सांसद्हरुले कोरोनाको दोस्रो खोप पनि नलगाएको, कतिपय सांसद्हरु विभिन्न खालका बिरामी भएको र उनीहरु जोखिममा रहेको बताएका थिए।
महामारी फैलियो भने त्यसको जिम्मेवारी को हुने? भन्ने प्रश्न उनीहरुले उठाएका थिए। एमालेका तर्फबाट बोल्ने सांसद्ले आफूहरुले हिजो गरेको ध्यानाकर्षणपछि पनि कुनै रुलिङ नभएको भन्दै असन्तुष्टि जनाएका थिए।
प्रतिक्रिया