आज फेरी ३३ जनाको मृत्यु, ५,७२७ जना संक्रमित


काठमाडौं – आज वैशाख १७ गते थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हिजो ३५ जनाको मृत्यु भएको थियो । ४९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो संगै दिनहुँ बड्दै गैरहेको र यस्तै भए अस्पतालले नधाने बताएको छ ।