सगरमाथा आरोहीमध्ये १७ जनामा कोभिड पुष्टि भएको जानकारी प्राप्त भएको छ। काठमाडौँ स्थित एउटा निजी अस्पतालकी एक कर्मचारीले सगरमाथा आधार शिविरबाट फर्किएका बिरामीमा कोभिड-१९ देखिएको पुष्टि भएको बताईन।
गत वर्ष कोभिड-१९ महामारीका कारण सगरमाथामा पर्वतारोहण भएको थिएन। यसपालि सगरमाथा चढ्न नेपाल आएका आरोहीहरूलाई आधार शिविरतिर जानुअघि क्वारन्टीनमा बस्न भनिएको थियो । सगरमाथामा कोभिड नराम्रो फैलिए त्यसले ठूलो क्षति पुर्याउने हो कि भन्ने चिन्ता पर्वतारोहीहरूको समुदायमा देखिएको छ।
केही सातायता नेपालमा कोरोनाका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका उपसचिव प्रेम सुवेदीले आधार शिविरमा कोरोनाभाइरस फैलिएको विषयमा मन्त्रालय अनभिज्ञ भएको जानकारी दिएका छन् ।
सगरमाथा आधार शिविरमा मेडिकल क्लिनिक सञ्चालन गर्ने हिमालयन रेस्क्यू असोसीएशनले त्यहाँबाट हेलिकप्टरबाट काठमाडौँ लगिएका केही आरोहीहरूमा कोभिड पुष्टि भएको सूचना आफूले पाएको बताएको छ। “हामीले भर्खरै सत्र जनामा सङ्क्रमण पुष्टि भएको सूचना काठमाडौँबाट पाएका छौँ,” उक्त संस्थाका ल्हाक्पा नुरु शेर्पाले भने।














प्रतिक्रिया