कोरोना संक्रमण बाट संसद सचिवालयका उपसचिवको मृत्यु !


संघीय संसद सचिवालयका एक उपसचिवको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ। बुधबार सचिवालयले स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले कानुन शाखाका उपसचिवको बिहीबार बिहान मृत्यु भएको अनलाइन टिभी नेपाल लाइ जानकारी दिएका छन् ।

 

 

उहाँलाई मुटुको समस्या पनि थियो। त्यसैगरी पत्थरीको समस्या रहेको परिवारले जानकारी दिनुभयो’, धमलाले भने, ‘तर अब डब्लुएचओको मापदण्ड अनुसार कोरोना पोजेटिभ देखिएपछि निधनको कारण कोभिड नै मान्नुपर्छ।’