बुटवलमा अक्सिजनको अभाबमा थप ६ जना कोरोना संक्रमणको मृत्यु !


 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डा. राजेन्द्र खनालले अक्सिजनको चरम अभाव भएको बताए । ‘दैनिक आपूर्ति हुने करिब २५० सिलिन्डर हो , खपत झन्डै ४ सय सिलिन्डर हुन्छ’ उनले भने, ‘अक्सिजनको चरम अभाव भएको छ ।’ यसैबीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जानकारी दिएका छन् ।

त्यसमध्ये रुपन्देहीका मात्र ५ जना रहेका छन् । मृतक एकजना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए। गएरातिबाट आज बिहानसम्म गरी थप ६ संक्रमितको मृत्यु भएको उनले बताएका छन् । मृत्यु हुनेमा ५ जना पुरुष र एक महिला रहेका छन्। मृत्यु हुनेहरुमा ५७ , ७०, ३५, ३८, ४४ र ५२ वर्षका रहेको गौतमले बताए । उनीहरूमध्ये ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा र एक जना एचडीयूमा भर्ना भएका थिए ।