रुपन्देहीको कन्चन गाउँपालिकाको–४ थकालीचोकमा ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दारको दुर्घटनामा मृत्यु भएको छ । बिहीबार बिहान ड्युटीमा रहेकै अवस्थामा उनलाई एउटा सवारी साधनले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी सत्यनारायण थापाका अनुसार बिहान अन्दाजी २ बजेको समयमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट थकालीचोकमा निषेधाज्ञाको चेकजाँचमा खटिएका प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको दुर्घटनामा मृत्यु भएको हो । उनलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ घर भएका ३६ बर्षीय बुढा मगरको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारी साधनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया