गाडीको ठक्करबाट एक युबकको मृत्यु


दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको हो। शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का लगभग ३२/३३ वर्षका सुमन केसीको मृत्यु भएको छ।

 

आज बिहान करिब चार बजेतिर गाडीले ठक्कर दिएर घाइते भएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताएका छन् । ठक्कर दिने गाडीको पत्ता अहिले सम्म लागेको छैन । शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएका छन् । घटनापछि मृतकका आफन्तले दोषीको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर–हापुरे सडकखण्ड अवरुद्ध गरेका हुन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले बताएको छ ।