चीनमा फेरि कोरोना भाइरसको संक्रमण फैलिएको छ । नयाँ वर्षसँगै चीनमा एकै दिनमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको रेकर्ड भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार १७५ जनामा संक्रमण देखिएको खुलाएको हो । यो ३१ डिसेम्बरको कोरोना संक्रमितको संख्या हो । गत एक हप्तामा ११५१ जना संक्रमित भएको तथ्यांक छ । सबैभन्दा बढी सियान शहरमा संक्रमण फैलिएको छ । उक्त शहरमा लकडाउन गरिएको छ ।
चिनियाँ पत्रिका चाइना डेलीले सान्सी प्रान्तको राजधानी सियानले कोरोना भाइरस फैलिएपछि कठिन संघर्ष गरिरहेको उल्लेख गरेको छ । यसै वर्षको फेब्रुअरीमा बेइजिङले हिउँदे ओलम्पिक आयोजना गर्दैछ । यतिबेला चीनमा अचानक संक्रमण बढेपछि ओलम्पिकमा असर पर्नसक्ने सम्भावना औल्याइएको छ ।
दुई वर्ष अघि चीनको उवान शहरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो । भाइरस तिव्र गतिमा फैलिएर विश्व नै महामारीसँग जुध्न पुगेको थियो ।
प्रतिक्रिया