जनकपुर रेल्वेका १४ हजार क्लिप फेरि चोरिए


जनकपुर रेल्वे स्टेशनमा रेल्वेको १४ हजार क्ल्पि फेरि चोरिएको छ।

कुर्था–जयनगर रेल्वे ट्रकको क्लिप पुनः चोरी भएको छ । यसअघि रेल्वे ट्रकका झण्डै १६ हजार क्लिप र नट चोरी भएका थिए । रेल्वे ट्रकको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । महाप्रबन्धक झाले फेरि करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताए । प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पती संरक्षण हुन नसक्ने भन्दै उनले भने, ‘चोरी भएका क्लिप पुनः भारतीय पक्ष लगाइदिने कुरा भएको छ ।

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर–बर्दिवास रेल सेवा सञ्चालनका लागि सहमति भएको थियो । तर पहिलो चरणमा कुर्था–जयनगरसम्म मात्रै रेल सेवा सञ्चालनको तयारी भए पनि अझै सुरु हुन सकेको छैन ।