ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । पहिलोपटक जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पुस २१ बाट लागू हुनेगरी आइतबार दोस्रोपटक म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लाउरे भनेर चिनिने आशिष रानामगर चर्चित र्यापर हुन् । उनी लागुऔषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । पक्राउ परेकाहरुको साथबाट कास्की प्रहरीले १३ दशमलव १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । १३ दशमलव १ ग्राम लागुऔषध कारोबार गर्नेलाई ५ देखि १० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । लागूऔषध नियन्त्रण ऐनअनुसार ब्राउन सुगर प्रयोगकर्तालाई १ वर्ष कैद हुने व्यवस्था छ ।














प्रतिक्रिया