कोरोना संक्रमणको तेस्रो लहर नियन्त्रणका लागि प्रमुख विपक्षी नेकपा एमालेले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरायो ।
प्रधानमन्त्री देउवालाई कोभिड नियन्त्रणमा गम्भीर बन्न आग्रह गर्दै ज्ञापनपत्र बझाउन एमाले उपाध्यक्ष सुवास नेम्वाङ र सचिव योगेश भट्टराईसहितको टोली बालुवाटार पुगेको थियो ।
त्यसक्रममा संक्रमणको जोखिमलाई मध्यनगर गर्दै नेम्वाङ र भट्टराईले खुट्टामासमेत प्लास्टिक बाँधेको देखिन्छ । तर अचम्म के छ भने खुट्टामा प्लास्टिक बाँधेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका एमाले सचिव भट्टराईले मुखमा भने मास्क लगाएका छैनन् । प्रधानमन्त्री देउवा र नेम्वाङले मास्क लगाएका छन् । सुरक्षाकर्मीले पनि मास्क लगाएका छन् । नेम्वाङले त हातमा पञ्जासमेत लगाएकाे देखिन्छ । तर भट्टराईले खुट्टामा प्लास्टिक लगाएर मुखमा मास्क नलगाएका हुन् ।














प्रतिक्रिया