भारतमा थपिए २ लाख ७१ हजार संक्रमित !


बितेको २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ लाख ७१ हजार २ सय २ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै भारतमा कूल सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३७७ पुगेको छ । यसैगरी मृतकको कूल संख्या पनि ४ लाख ८६ हजार ६६ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरूको संख्या ७ हजार ७४३ पुगेको छ ।