काठमाडौं उपत्यकामा छिल्लो २४ घण्टामै ६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार बुधबार भक्तपुरमा ५७८, ललितपुरमा १०१९ र काठमाडौं ४ हजार ६ सय ६६ संक्रमित थपिएका हुन्। तीनै जिल्लामा जम्मा ६ हजार ३४३ जनामा कोरोना संक्रमण देखिएको हो। देशभरमा सबैभन्दा सक्रिय संक्रमित पनि काठमाडौं उपत्यकामै छन्। पछिल्लो २४ घन्टामा देशभर गरिएको २३ हजार ४ सय ९ परीक्षणमा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको ह।
जसमध्ये १८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टिजेन परीक्षणमा १८५० गरी कुल ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज देशभरको औसत संक्रमणदर ५२.६ दर रहेको छ। यो हालसम्मकै सबैभन्दा उच्च संक्रमणदर भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।














प्रतिक्रिया