सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान्-श्रीमती पक्राउ परेका छन् ।
हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।
बागमती नगरपालिका-१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारीलाई गाँजासहित पक्राउ गरिएको बुढाथोकीले बताए । उनीहरूको साथबाट पाँच किलो गाँजा बरामद भएको छ । दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया