प्रचण्ड पत्नी सिता डिस्चार्ज


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई गतशुक्रबार अस्पताल भर्ना गरिएको थियो। उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उनको उपचार गरेको हो। आइसियुमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोेले उनलाई घरजाने सल्लाह दिइएको डा.पोखरेलले बताए।