विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने बताएको छ।
कोरोना बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तह र स्वास्थ्यचौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्नेछ।














प्रतिक्रिया